पूर्वी पहाडी जिल्लाको कोराना संक्रमणको ‘हटस्पट’ बन्यो धनकुटा, एकैदिन ११३ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । पछिल्लो केही दिनयता पूर्वी पहाडी जिल्ला धनकुटा कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको छ । त्यसमा पनि शहरी क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्रमा कोरोना संक्रमितको संख्या दिनमा दुई गुना, रातमा चौगुना बढ्न थालेको छ ।

सोमबार धनकुटा थप ११३ जनामा सोमबार कोरोना संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ग्रामिण क्षेत्रमै संक्रमित भएका छन् । महालक्ष्मी नगरपालिकाका ६३ र सहिदभूमि गाउँपालिकाका २४ जना संक्रमित भएका छन्, जुन ठाउँ धनकुटाको दुर्गम क्षेत्रमै पर्छ ।

आज साँझ कोरोना पुष्टि भएका मध्ये धनकुटा नगरपालिकाका २१, पाख्रीवास नगरपालिकाका ३ र छथर जोरपाटी गाउँपालिकाका १ जना छन् । यी ठाउँ तुलनात्मक रुपमा धनकुटाको हकमा सुगम मानिन्छ ।

आइतवार धनकुटाका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा सहिदभूमि गाउँपालिकामा ३०, महालक्ष्मी नगरपालिकामा १६, धनकुटा नगरपालिकामा १५ र साँगुरीगढी गाउँपालिकामा २ संक्रमित थपिएका थिए । आइतबार पनि जिल्लाको ग्रामिण क्षेत्रमै बढी संक्रमित देखिएका थिए ।

सोमबार जिल्ला अस्पतालको ल्यावमा १९८ जनाको पीसीआर परीक्षण गर्दा ७० पुरुष र ४३ महिलाको रिपोर्ट पोजिटिभ आएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...