केही दिनभित्रै स्वास्थ्य संकटकाल लगाउने स्वास्थ्यमन्त्री त्रिपाठीको संकेत

कोरोना संक्रमण घट्न अझै ४ साता लाग्ने अनुमान

Hridayesh tripathi

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोना नियन्त्रणका लागि पनि स्वास्थ्य संकटकाल लगाउने बेला आएको बताएका छन् ।

कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । नेपालमा चार सातापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्यदयेश त्रिपाठीले दाबी गरेका छन् ।

मन्त्री त्रिपाठीले निषेधाज्ञा भएपनि व्यक्तिहरुको आवतजावतमा प्रभावकारी रूपमा नियन्त्रण नभएको र केही सेवा र कार्यहरू सुचारु रहेको हुँदा संक्रमण दर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको दाबी गरे । ‘आगामी ४ हप्तामा क्रमशः घट्दै जान सक्ने देखिन्छ,ु उनले भने, ुविगत एक हप्ताको तथ्यांक हेर्दा दैनिक औसत ८ हजार ३ सय नयाँ संक्रमितहरू थपिने गरेका छन् ।’

देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए । कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।

मन्त्री त्रिपाठीका अनुसार यो आर्थिक वर्षमा कोभिड(१९ रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरूको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत जम्मा ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । त्यसबाट पीसीआर कीट, एक्स्ट्राक्सन कीट, भाइरल ट्रान्सपोर्ट मिडिया ९भीटीएम०, एन्टिजेन कीट, मास्क, गाउन र सर्जिकल पञ्जाहरू, अक्सिजन प्रणाली सुदृढिकरण, आईसीयू, एचडीयू तथा अन्य औषधि उपकरणहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायतका कार्य भएका छन् ।

उनले खोप कार्यक्रम र एचडीयूका लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पनि बताए । ‘कोभिड(१९ को द्रुत कार्य योजनाका आधारमा खोप लगायत निदान, उपचार व्यवस्थापनका लागि १४ अर्ब स्रोत सुनिश्चित भएको छ’ उनले भने ।

उनका अनुसार ऋण सहायता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्व बैंकबाट ३ अर्ब ४८ करोड सहायता कार्यन्वयनको क्रममा रहेको छ साथै कोभिड -१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भई कार्यान्वयनको क्रममा रहेको छ ।

‘कोभिड १९ खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको छु’, उनले भने, ‘जम्मा ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...