कोरोनाले पूर्व सांसद बस्नेतको निधन

Narendra basnet

धरान । कोरोना संक्रमणका कारण पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार बिहान साढे ३ बजे निधन भएको हो ।

बस्नेत भोजपुर क्षेत्र नम्वर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत रहेका हुन् ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघ संस्थामा सक्रिय थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...