धनकुटामा झण्डै ५१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि, सहिदभुमीको एउटै टोलमा २९ जनामा संक्रमण

Dhankuta pcr lab

धनकुटा । स्वाव परिक्षणका आधारमा धनकुटामा झण्डै ५१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।

आइतबार धनकुटाका जिल्ला अस्पतालको पीसीआर ल्याबमा १२७ जनाको परीक्षण गर्दा थप ६४ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । जसमा ३४ पुरुष र ३० महिला छन् ।

सबैभन्दा बढी सहिदभूमि गाउँपालिकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सहिदभूमि गाउँपालिका–६ को मामफिङ टोलका मात्रै २९ जनामा संक्रमण देखिएको छ । त्योबाहेक सहिदभूमि गाउँपालिका वडा नं. २ का ३३ बर्षीया महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा १६, धनकुटा नगरपालिकामा १५ र साँगुरीगढी गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् । तेह्रथुम घर भई धनकुटा बस्दै आएका २८ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

सहिदभूमि गाउँपालिकामा मात्रै १८ जना महिला र १२ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । तेह्रथुम घर भई धनकुटा बस्दै आएका २८ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

आइतबार धनकुटा अस्पतालको ल्यावमा भोजपुर, धनकुटा र संखुवासभाका १ सय ८८ जनाको स्वाव परिक्षण गरिएकोमा १ सय ३ जनामा कोरोना पुष्टि भएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...