मध्यावधि चुनावको घोषणा फिर्ता लिन जनस्वास्थ्यकर्मीको माग

Health

काठमाडौँ । मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको उल्लेख गरिएको छ ।

देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भइरहेको बेला संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणाले आफूहरु चिन्तित र मर्माहित भएको जनस्वास्थ्यकर्मीहरुले बताएका हुन् ।

विज्ञप्तिमा कोभिड १९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैमा विरोधाभासपूर्ण रहेकाले घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौति भएर नागरिकले कोभिडको सेवाबाट बञ्चित हुनुपर्नेछ र असिम पिडा भोग्न बाध्य हुनुपर्ने उल्लेख छ ।

साथै उनीहरुले नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरूलाई आह्वान पनि गरेको छ ।

अपिल जारी गर्नेमा डा.शरद वन्त, डा.महेश मास्के, डा.बद्रीराज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा.अरुणा उप्रेती, डा.समीरमणि दीक्षित, डा.बिन्ज्वला श्रेष्ठ, डा.राजेन्द्र बि.सी.र डा.कृष्णमान शाक्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...