धनकुटामा ३९ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा पिसिआर परिक्षण गरिएकामध्ये झण्डै ४५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पताल अस्पतालको ल्याबमा ३९ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ६ महिला गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार जिल्ला अस्पताल धनकुटाको ल्याबमा २६ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ ६ पुरुष र ४ महिला सहित १० जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यो संख्यात्मक रुपमा कम देखि पनि परिक्षण गरिएको संख्याका आधारमा भने अत्याधिक हो ।

शुक्रबार कोरोना पुष्टि भएकाहरुमा धनकुटा नगरपालिकाका १२ जना, पाख्रीवास नगरपालिकाका ३ जना, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा धनकुटा नगरपालिका–१ का २२ र २९ वर्षीय पुरुष, ३३ वर्षीय महिला, धनकुटा–२ का ५८ वर्षीय महिला, धनकुटा–४ का ४३ र २४ वर्षीय पुरुष, धनकुटा–५ का १६ वर्षीय बालिका, धनकुटा–६ का १३ वर्षीय वालक र ४६ वर्षीय महिला, धनकुटा–७ का ३२, ४५ वर्षीय पुरुष र ६६ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

पाख्रीवास नगरपालिका–२ का ५७ वर्षीय पुरुष, पाख्रीवास–४ का ३२ वर्षीय पुरुष र पाख्रीवास–१० का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिका–६ का २२ बर्षीय पुरुष र महालक्ष्मी नगरपालिका–४ का ४७ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...