पछिल्लो २४ घण्टामा थप १७७ जनाको मृत्यु, ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि

Corona vaers

काठमाडौँ । शुक्रबार एकैदिन देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार काठमाडौँ उपत्यकामा २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार ७ सय ५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना संक्रमित थपिएका हुन् ।

गत चौबीस घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि बिहिबार ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...