खुसीको खबर : धनकुटामा ह्वात्तै घट्यो कोरोना संक्रमण, १० जनामा कोरोना संक्रमण

Dhankuta pcr lab

धनकुटा । धनकुटामा केही दिनयता लगातार रुपमा कोरोना संक्रमण बढे पनि बिहीबार त्यो संख्या हवात्तै घटेको छ । बिहीबार धनकुटाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या हवात्तै घटेको हो ।

सोमबार, मंगलबार र बुधबार भने धनकुटालाई अत्याउनेगरी कोरोना संक्रमण पुष्टि भएको थियो । सहिदभुमी गाउँपालिकामा त अत्याधिक कोरोना संक्रमित भेटिएको भन्दै दोहोरो निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला अस्पताल धनकुटा को ल्याबमा २६ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ ६ पुरुष र ४ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकाका ८ जना तथा सहिदभूमि गाउँपालिका र पाख्रीवास नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना पुष्टि भएकाहरुमा धनकुटा नगरपालिका–४ का ६१ बर्षीय पुरुष, ४३ बर्षीया महिला, धनकुटा–५ का ५२, २१ बर्षीय पुरुष, ४४ बर्षीया महिला, धनकुटा–६ का ६८ बर्षीय पुरुष, २८ र ७४ बर्षीया महिला छन् ।

सहिदभूमि गाउँपालिका–३ का ३० बर्षीय पुरुष र पाख्रीवास नगरपालिका–७ का ४३ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

धनकुटामा बुधबार धनकुटामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार गरिएको परिक्षणको क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...