निषेधाज्ञामा पनि रोकिएन सुरक्षित गर्भपतन सेवा

Abortionhead


काठमाडौँ । कोरोनाका कारण भएको निषेधाज्ञा अवधिमा पनि यहाँ सुरक्षति गर्भपतन सेवा सञ्चालन भएको छ । यस्तो अवस्थामा सेवाग्राही सूचीकृत स्वास्थ्य संस्थामा आउने क्रमसँगै यो सेवा सञ्चालन भएको हो ।

जिल्लाका मुख्य तीन क्षेत्र लिवाङ, सुलीचौर र घर्तीगाउँबाट लिइएको तथ्याङ्कअनुसार निषेधाज्ञा अवधिमा पनि यो सेवाले निरन्तरता पाएकोे छ । जिल्ला सदरमुकाममा रहेको रोल्पा अस्पताल रेउघामा निषेधाज्ञा अवधिमा १५ जनाले सेवा लिएको स्टाफ नर्स मीना कुँवरले जानकारी दिइन् ।

यसैगरी सुनिल स्मृति गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा चार महिलाले गर्भपतन सेवा लिएका छन् । गर्भपतन सेवाका लागि स्वास्थ्य सामग्री केही मात्रामा कमी भए पनि यो सेवा निरन्तर चलिरहेको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरकी स्टाफ नर्स खीमाकुमारी गिरीले बताइन् ।

माडी गाउँपालिकाको अर्को बजार केन्द्र घर्तीगाउँमा यस अवधिमा गर्भपतन सेवा लिनेको सङ्ख्या दुई रहेको घर्तीगाउँ स्वास्थ्य केन्द्रका स्टाफ नर्स पूर्णिमा घर्तीमगरले जानकारी दिइन् । “यातायातका साधन नचल्दा टाढाबाट आउनेलाई केही समस्या भए पनि सेवा रोकिएको छैन”, घर्तीमगरले भनिन् ।

यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी छन् । पहिलो गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिने गरेको देखिन्छ । सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो गर्भमै गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको बताइएको छ । अझै पनि स्वास्थ्य संस्था बाहिर अवाञ्छित गर्भपतन गराउनेको सङ्ख्या रहे पनि क्रमशः स्वास्थ्य संस्थामा आएर गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको रोल्पा अस्पतालका डा प्रकाश बुढाले बताए । सूचीकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने र गोपनीयता भङ्ग हुने डर भएकाहरु जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको बुझिएको बुढाले जनाए ।

यहाँका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । रोल्पा अस्पताल लिवाङ, प्राथमिक स्वास्थ्य केन्द्र सुनिल स्मृति गाउँपालिका सुलीचौर, प्राथमिक स्वास्थ्य केन्द्र रुन्टीगढी गाउँपालिका होलेरी तथा घर्तीगाउँ स्वास्थ्यचौकी माडी गाउँपालिका, वडाचौर स्वास्थ्यचौकी लुङ्ग्री गाउँपालिका, थवाङ स्वास्थ्यचौकी थवाङ गाउँपालिका र कुरेली स्वास्थ्यचौकी परिवर्तन गाउँपालिकामा यो सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सेवाको व्यवस्था गरिएको छ । जिल्ला अस्पताल र अन्य दुई स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरी पतन गराउने पनि निःशुल्क व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालयको अभिलेखअनुसार गत वर्ष ७६० जनाले यो सेवा लिएका थिए । अघिल्लो वर्ष २२५ ले यो सेवा लिएका थिए । बितेका दुई वर्षको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्न थालेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...