विदेशी राष्ट्रहरुबाट धमाधम आउन थाल्यो स्वास्थ्य सहयोग

Swasthy samagri

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीबार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ ।

बुधबार पनि युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधबार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो ।

यसैबीच स्पेन सरकारले नेपाललाई अत्यावश्यकीय चिकित्सा सामग्री आज पठाउँदैछ । चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने ती सामग्री आज अपरान्ह नेपाल भित्रने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीई लगायतका सामग्री रहेका छन् । स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले सो सामग्री स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्नेछन ।

मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख निर्मल काफ्लेका अनुसार अमेरिका र युरोपका अरू मुलुकलेसमेत यथाशीघ्र नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालेको जानकारी दिँदै जर्मनी, स्विजरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको छ ।

मध्यपूर्वका विभिन्न मुलुकले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको र तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...