फेरि धनकुटामा थप ४४ जनामा कोरोना पुष्टि, सहिदभुमीमै २३ जना संक्रमित

Dhankuta pcr lab

धनकुटा । केही दिन यता धनकुटामा कोरोना संक्रमण अत्याधिक बढेको बढ्यै छ । बुधबार फेरि धनकुटामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै सहिदभूमी गाउँपालिका वडा नं। २ मा मात्रै २३ जना संक्रमित छन् ।

धनकुटा अस्पतालको ल्यावमा बुधबार गरिएको परिक्षणको क्रममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भने धनकुटामा ८४ जनामा कोरोना पुष्टि भएको थियो ।

आज संक्रमण पुष्टि भएकाहरुमा सहिदभुमी गाउँपालिकामा १९ जना, धनकुटा नगरपालिकामा १० जना, पाखिबास नगरपालिकामा २ जना, महालक्ष्मी नगरपालिका २ जना र साँगुरीगढी गाउँपालिका ९ जना गरी जम्मा ४४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

आज धनकुटा अस्पतालका ल्यावमा १६८ जनामा गरिएको स्वाब परिक्षणका क्रममा जम्मा ६८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए । तीमध्ये ४४ जना धनकुटाका हुन् भन बाँकी भोजपुर र संखुवासभाका छन् ।

हालसम्म धनकुटा अस्पतालमा १ हजार ५ सय २३ जनाको पिसिआर परिक्षण गर्दा ६ सय २३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ छ भने ९ सय २२ जनाको रिपोर्ट निेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...