कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकै दिन २४६ पुग्यो, ८१७३ संक्रमित

Pashupati sab 1

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...