धनकुटामा बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन ८४ जनामा कोरोना पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा कोरोना संक्रमण अत्याधिक बढ्न थालेको छ । धनकुटा अस्पतालको ल्यावमा मंगलबार गरिएको परिक्षणको क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्योबाहेक ७ जना तेह्रथुमका छन् । उनीहरुको चौविसेबाट स्वाव संकलन गरिएको थियो ।

मंगलबार गरिएको परिक्षणका क्रममा सबैभन्दा धेरै चौविसे गाउँपालिकामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७ जना महिला र १५ जना पुरुष छन् ।

बुधबार बिहान सार्वजनिक भएको रिपोर्टमा सबैभन्दा बढी चौबिसे गाउँपालिकाका ८५ वर्षीय पुरुष र सबैभन्दा कम उमेरका संक्रमित पाख्रिबास नगरपालिका वडा नं. ४ का १४ वर्षीय बालक छन् ।

त्यसैगरी छरथर जोरपाटीमा १२ जना महिला र १४ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महालक्ष्मी नगरपालिकामा ७ महिला र ११ जना पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा। पुजन विश्वकर्माले बताए ।

त्यसैगरी धनकुटा नगरपालिकामा ५ महिला र ७ जना पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार पाख्रिबास नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना र साँगुरीगढी गाउँपालिकामा १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

हिजो धनकुटा अस्पतालमा तेह्रथुम र संखुवासभाका गरी १९४ जनाको पिसिआर परिक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...