एकैदिन थप ६८९१ जना संक्रमित डिष्चार्ज हुँदा ८०२३ जनामा संक्रमण पुष्टि  

Corona vaers

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ । झण्डै ५ दिनसम्म क्रमशः घट्न थालेको संक्रमण सोमबार एकैदिन झण्डै अघिल्लो दिनको तुलनामा ७ सयभन्दा बढी देखिए पनि फेरि मंगलबार यो संख्या घटेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ भने देशभर थप ८ हजार ०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ८४ पुगेको छ । यीमध्ये १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार २ सय ८६ आरटी पिसिआर र ६ सय ९३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर ६ हजार ८ सय ९१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८ सय ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ५२ हजार ४ सय १४ जना पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ९६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...