स्वास्थ्य मन्त्रालय भन्छ, अझैं विभिन्न अस्पतालमा १०४० बेड खाली छ

Bed avab

काठमाडौं । दैनिक रुपमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना संक्रमितको संख्या धेरै हुँदा काठमाडौंका अस्पतालहरुको बेडको अभावमा धेरै विरामीहरु छट्पटाइरहेको छन । तर यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रशस्त बेड रहेको दावी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले त काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १०४० बेड खाली रहेको जनाएको छ । तर कोरोना संक्रमणका बिरामीहरु भने अझैं बेड नपाएको भनेर छट्पटाइरहेका छन् ।

मन्त्रालयको तथ्यांकलाई मान्ने हो भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली छन् । तर, निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहेका छन् ।

उक्त तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जना मात्रै बिरामीहरु आइसोलेसनमा छन् । उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली छन् ।

बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कुल १७० आइसोलेसन बेडको क्षमता छ । तर त्यहाँ सोमबारसम्म १६१ जना बिरामी रहेको स्वास्थ्यको तथ्यांकले देखाउँछ । त्यस्तै, सोही अस्पतालमा २० वटा आईसीयू बेड रहेकोमा अहिले ११ जना बिरामी मात्रै छन् । त्यहाँ ९ वटा आईसीयू बेड खाली छ ।

उपत्यकाका सबै अस्पतालमा गरी कुल ४६४ वटा आईसीयू बेड रहेकोमा जम्मा २४३ जना मात्रै बिरामीहरु आईसीयूमा रहेका छन् । यसको अर्थ उपत्यकामा २२१ वटा आईसीयू बेड खाली छन् । उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ ।

यसरी आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...