धनकुटामा बढ्न थाल्यो संक्रमण, एकै दिन थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटा । पछिल्लो केही दिनयता धनकुटामा कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छ । सोमबार एकैदिन धनकुटामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार गरिएको स्वाव परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटामा दोस्रो चरणमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३५ पुगेको छ ।

धनकुटा अस्पतालको ल्यावमा गरिएको ९४ जनाको पीसीआर परीक्षण गर्दा सोमबार साँझ ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. पुजन विश्वकर्माले बताए ।

सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये धनकुटा नगरपालिकाका २८ जना छन् भने छथर जोरपाटी गाउँपालिकाका १५ जना, पाख्रिबास नगरपालिका र महालक्ष्मी नगरपालिका र सहिदभुमी गाउँपालिका १/१ जना छन् ।

सोमबार सबैभन्दा बढी धनकुटा नगरपालिकामा संक्रमित देखिएका छन् । जसमा १३ जना महिला र १५ जना पुरुष छन । अधिकांस कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

सोमबार कोरोना संक्रमण पुष्टि भएकामध्ये छथरजोरपाटी गाउँपालिकामा ७ जना महिला र ६ जना पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको छ ।त्यसैगरी पाख्रिबास नगरपालिकाका संक्रमित पुरुष हुन् । महालक्ष्मी नगरपालिका र सहिदभुमी गाउँपालिकाको एक/एक जना महिलामा पनि कोरोना पुष्टि भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...