फेरि बढ्यो कोरोना : ९२४७ जनामा संक्रमण पुष्टि, एकै दिन २१४ जनाको मृत्यु

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

Corona vaers

काठमाडौं । केही दिनदेखि क्रमसः घट्न थालेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । केही दिनदेखि निरन्तर कोरोना संक्रमण घट्दा नेपालीहरु धेरै खुसी बनेका थिए । फेरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागेको छ ।

पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ ।

२१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

जसमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?
सबैभन्दा बढी काठमाडौँमा २,३४६, कैलालीमा ७४२, मोरङमा ४६९, ललितपुरमा ४५४, कास्कीमा ४३४, रूपन्देहीमा ४१३, बाँकेमा ३७८ र बर्दियामा ३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरीमा ३००, भक्तपुरमा २९८, धनुषामा २३२, कञ्‍चनपुरमा २१८, सुर्खेतमा १९६, झापामा १७४, दाङमा १३७, महोत्तरीमा १३० र मकवानपुरमा १२४, सप्तरीमा १२१, पर्सामा ९८, पाल्पामा ९४, काभ्रेपलाञ्चोकमा ९१, स्याङजामा ८५, रौतहटमा ७६, नुवाकोटमा ७५, चितवनमा ६७, गोरखामा ६५, संखुवासभामा ६४, धनकुटामा ६३, पर्वतमा ६०, इलाममा ५९, सिन्धुपाल्चोकमा ५८, म्‍याग्दीमा ५७ र रामेछापमा ५४ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी लमजुङमा ४८, जाजरकोटमा ४६, गुल्मीमा ४४, सिन्धुलीमा ३६, दैलेख र डडेल्धुरामा ३५/३५ जना, डोटीमा २९, तनहुँ र नवलपरासी पश्‍चिममा २८/२८ जना, बारामा २७, सल्‍यानमा २३, पाँचथर र सर्लाहीमा २१/२१ जना र कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तेह्रथुम र सिरहामा १९/१९ जना, खोटाङमा १७, अर्घाखाँची र रूकुम पश्‍चिममा १६/१६ जना, धादिङमा १५,कालिकोटमा १३, ओखलढुंगा, अछाम र दार्चुलामा १२/१२ जना, ताप्लेजुङमा ९, नवलपरासी पूर्वमा ८ तथा उदयपुर, बागलुङ र जुम्लामा ७/७ जना, दोलखामा ४, सोलुखुम्बु र प्‍युठानमा ३/३ जना, भोजपुर, मनाङ, रोल्पा, बाजुरा र बैतडीमा २/२ जना तथा मुस्ताङ, मुगु र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

यस्तै ९ वर्ष मुनिका २१९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस