गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान

Oxygen

काठमाडौँ । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जोडिएपछि अब केही दिनमै अक्सिजन उत्पादन सुरु हुने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नका लागि छुट्टै कोठा बनेको छ,’ उनले भने, ‘त्यही कोठामा प्लान्ट जडान गरेका हौं ।’ पाइपलाइन बिस्तारको काम भने बाँकी रहेको उनले जानकारी दिए । कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन बेडमा तत्कालका लागि अस्थायी रुपमा पाइपलाइन जडान गर्ने तयारी भइरहेको उनले बताए ।

‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।

हाल गोरखा अस्पतालमा संक्रमितका लागि निर्माण गरिएको आइसोलेसनमा १४ बेड छन् । प्रदेश सरकारबाट प्राप्त २५ वटा एचडीयू बेड जडानको काम पनि भइरहेको अस्पतालले जनाएको छ । हाल चार जना संक्रमित उपचाररत रहेको ढकालले बताए ।

प्लान्ट जडानका लागि गत वर्ष गण्डकी प्रदेश सरकारबाट ४९ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर अस्पतालको नयाँ भवन निर्माण कार्यले पूर्णता नपाउँदा जडान हुन सकेको थिएन । प्लान्टबाट प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...