कोरोना संक्रमितका आफन्तलाई अक्सिजन खोज्न नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह  

Health ministor

 

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोनाका बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन चिकित्सकहरुलाई आग्रह गरेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भन्दै चिकित्सक तथा नर्सहरुलाई बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन आग्रह गरेका हुन्।

चिकित्सकहरुले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेर भन्ने गरेको गुनासो धेरै आएकाले त्यसो नगर्न उनले अनुरोध गरेका छन्।

पछिल्लो समय अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालहरुले बिरामीका आफन्तलाई खोज्न लगाउने गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...