नेपालीलाई खुसीको खबर : क्रमसः घट्न थाल्यो कोरोना संक्रमण, बढ्न थाल्यो निष्चार्ज हुनेको संख्या

Corona

काठमाडौं । नेपालमा केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ ।

कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ ।

पछिल्लो २४ घण्टामा ७३६८ जनामा संक्रमण पुष्टि भएको छ । बैशाख ३१ गते ८ हजार ५ सय २० कोरोना थिए । यो संख्या पनि घटेर जेठ १ गते देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए ।

बैशाख २९ गते बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुने संख्या ४४४४ जनामात्रै थियो । सो दिन १६८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मंगलबार पनि ९ हजार माथि नै संक्रमित रहेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो अवधिमा काठमाडौँ उपत्यकामा दुई हजार ६ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ । यस्तै थप एक सय ४५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस