क्रमसः घट्न थाल्यो कोरोना संक्रमण : थप ८१६७ जना संक्रमण पुष्टि, ५ ४५५ जना डिष्चार्ज 

Corona new variant sqvcqk5ltv

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाले कोरोना जितेसँगै निको हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ ।  अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन् । 

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुम १९, पाँचथर १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सोलुखुम्बु ४ र सुनसरी ९९ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ११८, पर्सामा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा ३६, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १४६ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुली ३० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वत २, म्याग्दी १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्यूठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्व ३, रुपन्देहीमा ४९५ र रोल्पामा ५७ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्ला ३, डोल्पामा १, दैलेखमा ७८, रुकुम पश्चिममा १, सल्यानमा १५ र सुर्खेतमा १८५ कोरोना संक्रमित भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटी ६२, दार्चुला २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...