सेना परिचालन गरी रुपन्देहीका अक्सिजन उद्योग २४ सै घण्टा प्रयोग गरिने

Oxygen plant111

काठमाडौँ । रुपन्देहीका अक्सिजन उद्योग २४ सै घण्टा सञ्चालन गर्न सेनाको जनशक्ति पनि परिचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला सुरक्षा समिति, अक्सिजन उद्योगी र सरोकारवालाको बैठकले शनिबारदेखि उद्योगहरूमा सैनिक जनशक्ति पनि खटाउने निर्णय गरेको सिडिओ आस्मान तामाङले बताए ।

जिल्लामा छिपागढस्थित शंकर अक्सिजन ग्यास प्रालि, पड्सरीस्थित लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज र तिलोत्तमास्थित लुम्बिनी अक्सिजन ग्यास प्रालि सञ्चालनमा छन् । तीनवटै उद्योगबाट दैनिक एक हजार एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ ।

दैनिक एक सिफ्ट मात्रै चलिरहेका उद्योगलाई २४सै घन्टा चलाउन थाले पनि जनशक्ति अभाव देखिएको थियो । कम भएको जनशक्ति व्यवस्थापनको जिम्मेवारी सेनाको गरुड गण र रामनगर ब्यारेकलाई दिइएको सिडिओ तामाङले बताए ।

तिलोत्तमास्थित उद्योगमा जेनेरेटर छैन, त्यसैले विद्युत् आपूर्ति नहुँदा अक्सिजन उत्पादन हुँदैन । यो उद्योगलाई जेनेरेटर उपलब्ध गराउने तयारी पनि भएको सिडिओ तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...