डब्लूएचओ भन्छ, नेपाललाई आपतकालीन सहयोग चाहिएको छ

Who nirdesak tedrosh

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्ट लगायतका मुलुकमा कोरोना संक्रमण तीव्र बनेपछि आपतकालीन सहयोग जरुरी भएको बताएका छन् ।

उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्ट लगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् ।

न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ । अहिले पनि ती मुलुकहरुमा कोरोना संक्रमितको जीवन बचाउन रातदिन खटिरहेका स्वास्थ्यकर्मीले खोप लगाउन नपाएको उनले बताए ।

महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रेहका समूहलाई खोप लगाइरहेको बताए । केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उनले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि अनुरोध गरेका छन् ।

संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । यही हप्ता विश्वका केही सरकार प्रमुख र खोप निर्माता कम्पनीले यस समस्यालाई सम्बोधन गर्ने काम सुरु गरेको उल्लेख गर्दै त्यसले आफू खुसी भएको पनि उनले बताए ।

उनले अहिलेसम्म न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत मात्रै खोप आपूर्ति भएको पनि बताए । केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ । कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...