पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३४९ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu valley

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४ सय ५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।
नेपालमा केही सातायता खासै कोरोना संक्रमण घटेको छैन । कुनै दिन सामान्य घटे जस्तो देखिए पनि झण्डै दुई साता यता साँढे ८ हजारभन्दा तल घटेको छैन ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...