८ हजार ५ सय २० कोरोना सङ्क्रमित थपिए, एकै दिन ६ हजारभन्दा धेरै डिस्चार्ज  

कहाँ कति थपिए ?

Corona lakxan

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार ९ सय ४८ जनाको पीसीआर र ५ सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ । 

त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।  

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुम ८, धनकुटामा ४३, पाँचथर २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सोलुखुम्बु २१ र सुनसरी १९७ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १४१, पर्सामा १३८, बारामा ४५, महोत्तरीमा ३४, रौतहटमा ६५, सप्तरीमा ३२, सर्लाहीमा १६ र सिरहामा २९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४५८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १६८, चितवनमा २८७, दोलखामा २१, धादिङमा ७३, नुवाकोटमा ६७, भक्तपुरमा ३३५, मकवानपुरमा १५६, रसुवामा ५, रामेछापमा ४२, ललितपुरमा ५५६, सिन्धुपाल्चोकमा ६२ र सिन्धुली ७७ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा ९०, तनहुँमा १२, नवलपरासी पूर्वमा ७४, पर्वत ५३, म्याग्दी ४६, लमजुङमा ३०, बागलुङमा १० र स्याङजामा ३१ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ४७, गुल्मीमा ११७, दाङमा १४४, नवलपरासीमा ५, पाल्पामा १०८, प्यूठानमा ३, बर्दियाका १९, बाँकेमा ८७, रुकुम पूर्व १, रुपन्देहीमा ५२२ र रोल्पामा ५७ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १५, जाजरकोटमा ६१, जुम्ला १४, दैलेखमा ८, रुकुम पश्चिममा २७, सल्यानमा ५९, सुर्खेतमा २८८ र हुम्लामा ७७ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ७७, कञ्चनपुरमा २२३, कैलालीमा ९७, डडेल्धुरामा ४२, डोटी १३, दार्चुला ३, बाजुरामा १ र बैतडीमा ६४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...