कोरोना संक्रमण एउटै रफ्तारमा : पछिल्लो २४ घण्टामा थप ८५२० जनामा संक्रमण पुष्टि

Corona virus photo

काठमाडौं । नेपालमा केही सातायता खासै कोरोना संक्रमण घटेको छैन । कुनै दिन सामान्य घटे जस्तो देखिए पनि झण्डै दुई सातायता साँढे ८ हजारभन्दा तल घटेको छैन ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...