राष्ट्र बैंकले आज ८ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै गर्दै

Nepal rasta bank 768x576

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) आठ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि  पाँच अर्ब बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको छ ।

सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिनका लागि तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिकृया दिनुहोस