क्रमसः घट्न थाल्यो सुनको मुल्य

Sun ko mulya

काठमाडौं । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो ।

यसै गरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...