सुनको मूल्य तोलामा १,१०० ले बढ्यो

Gold 3 400x220

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो।

चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ। तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...