साताको तेस्रो दिन भने १७.७९ अंकले घट्यो नेप्से कारोवार

Nepse ghatyo

काठमाडौं । लगातार ४ दिनमा ११४ अंकले बढेको शेयर बजारमा पाँचौ दिन मंगलबार १७ अंकको करेक्सन देखिएको छ । मंगलबार बजारमा लगानीकर्ता प्रोफिट बुक गर्नेतर्फ लाग्दा बजारमा करेक्सन देखिएको हो ।

सोमबार १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन भने १७.७९ अंकले घटेको हो । आज २४ सय २३ दसमलव नौ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ५८ अंकले घटेर चार सय ४७ दसमलव २४ अंकमा पुगेको छ ।

नेप्सेमा दुुई सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय १८ पटकको कारोबारमा एक करोड ९६ लाख छ हजार पाँच सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम आठ अर्ब २७ करोड ९७ लाख एक हजार ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र फाईनान्स समुहको सुचक क्रमश ५४ दसमलव पाँच र १३ दसमलव सात अंकले बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८१ अंकले घटेर १७ सय ६२.८३ अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९८.५७ अंकले घटेर ११ हजार छ सय ८७.९ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ४१.९ अंकले घटेर १६ हजार आठ सय १८.९८ अंकमा पुगेको छ । यी बाहेक बिकास बैंक, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुधबारबाट बुकक्लोज गर्ने भएकोले मंगलबार उसको सबैभन्दा बढी कारोबार भएको हो ।

नेपाल बैंकको पनि ५२ करोड रुपयाँभन्दा धेरैको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको २३ करोड, पुनर्बीमा कम्पनीको २० करोड र नेपाल दुरसञ्चार कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज गुराँस लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य ९.९७ प्रतिशतले बढेर १५ सय ४४ रुपैयाँमा कारोवार भएको हुंदा शिव श्री हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने ४.९५ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ ।

आज एकै दिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय ७२ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४५ करोड सात लाख ५३ हजार सात सय २५ रुपैयाँको कारोवार भएको छ ।

शिवश्री हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशतले घटेको छ भने प्रोग्रेशिभ फाइनान्सको ४.५७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ४.४७ प्रतिशत, साञ्जेन जलविद्युतको ४.३१ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ४.२८ प्रतिशतले घटेको छ।

प्रतिकृया दिनुहोस