सुनको मूल्य प्रतितोला ५०० ले उकालो लाग्यो

Gold 3 400x220

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ ।  प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...