१५ वर्षीय किशोरले गरे ७ वर्षीया बालिकालाई बलात्कार

Rape 9tjxmah17k 7

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाकी एक ७ वर्षीया बालिका १५ वर्षीय किशोरबाट बलात्कृत भएकी छिन् । बलात्कारपछि पीडाले सिकिस्त बालिकाको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा लगिएको छ । बलात्कारमा संलग्न भएका भनिएका किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि पोखरा पठाएको छ ।

बिहीबार दिउँसो घरमा कोही नभएको अवस्थामा ललाइफकाई घरमै बोलाएर बलात्कार गरेको र बालिका चिच्याएपछि छिमेकीले रङ्गेहात फेला पारेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस