प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच २ घण्टा वार्ता, के भयो सहमति ?

Bidhya vandari pm kp oli

काठमाडौं । पार्टीभित्र गम्भीर परिस्थिती आइपरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि शनिबार दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका थिए । सो भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीको इच्छाविपरीत शुक्रबार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदान–प्रदानका शृंखला सार्वजनिक भएका थिए । सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भए पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेका थिए ।

पार्टीमा गुटबन्दी गरेको, सरकार संचालनका प्रक्रियामा पार्टीसँग कुनै परामर्श नगरेको, भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका आरोप प्रधानमन्त्री ओलीमाथि लगाउँदै प्रचण्डले १९ पाने राजनीतिक प्रतिवदेन पेस गरेका थिए ।

यसअघि पनि गत शुक्रबार प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तिनै विषयको संकेत गर्दै तत्काल बैठक बोलाउन आग्रह गरेका थिए । त्यसपछि मंगलबार पाँचै जनालाई पत्र लेख्दै ओलीले आफूलाई पार्टी र सरकार संचालनमा सहयोग नगरेको आरोप लगाएका थिए ।

पार्टीको जिम्मेवारी पूरा नगरी गुटबन्दीमा लागेको समेत उनको आरोप थियो । शनिबारको बैठकमा नेताहरूलाई तिनै पत्र आदानप्रदान मात्र गरिएको थियो। बैठक मंसिर ३ गते पुनः बस्ने गरी सकिएको थियो । राष्ट्रपतिले लगातार प्रधानमन्त्री ओली लगायतका नेकपा नेताहरू भेटेर

पार्टीमा हस्तक्षेप बढाएको भन्दै नेकपाकै केही नेताहरूले आलोचना गर्दै आएका छन् । पार्टीमा अप्ठेरो पर्नेबितिकै प्रधानमन्त्री ओली भने राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस