वाणिज्य बैँकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण, कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै शाखा बन्द हुने

Bank 3

काठमाडौँ ।   वाणिज्य बैँकका  अधिकांश कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि तिहारमा बैँकको सबै शाखा बन्द गरिने भएको छ ।

सामान्य अवस्था रहेको दशैको बेलामा पनि सिमित काउन्टरबाट सेवा दिइरहेको बैँकहरुले यसपटक भने पुरै बन्द गर्ने भएको छ । तिहारम पनि कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै शाखा बन्द गर्ने भएको हो ।

वाणिज्य बैँकहरुको छाता संगठन नेपाल बैँकर्स एसोसिएसनले एक सूचना जारी गर्दै तिहारमा कुनै पनि शाखा नखुल्ने बताएको  छ । यद्यपि डिजिटल बैँकिङ र एटिएक सेवाहरु भने सुचारु रहनेछन् । वाणिज्य बैँकहरुमा हालसम्म ६ हजार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैँकिङ क्षेत्रमा हाल ५० हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको भनिएको छ ।  कोरोनाको बढ्दो क्रास र ठुलो संख्यामा कर्मचारीमा कोरोना हुँदा पनि आफूहरुले सेवा दिइरहेको बैँकर्स एसोसिएसनले भनेको छ । साथै कोरोना भाइरसबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि पनि डिजिटल कारोबार गर्न संघले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस