नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

1580216955 share nepal

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले बढेर बजार बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से नेप्से १२.४९ अंक बढेर १६४८.५८ विन्दुमा पुगेको हो। आइतबार ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार रुपैयां बराबरको १ करोड ८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

लकडाउनपछि खुलेको शेयर बजार औसतमा क्रमशः वृद्धितिर लागिरहेको छ । यो बीचमा शेयर बजारमा साना ठुला करेक्सनहरु देखिएका छन् । आजको बजार दोहोरो अंकले वृद्धि भएसंगै बजार बुलिस ट्रेन्डमा प्रवेश गरेको विश्लेषण हुन थालेको छ ।

कारोबारको पहिलो दिन १ सय ९८ कम्पनीको शेयर कारोबार भएकोमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, यूनिभर्सल पावर कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन माउन्टेन हाइड्रो र बरुण हाइड्रोको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, हिमालयन डिष्टिलरी, शिखर इन्स्योरेन्स, अपि पावर, बैंक अफ काठमाण्डू, र शिवम् सिमेन्ट्सको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिकृया दिनुहोस