नेप्से झण्डै साढे ५ अङ्कले बढ्यो, २ अर्ब २३ करोड रुपैयाँको कारोबार

4322222165

काठमाडौँ । पछिल्ला केही दिन घट्दै आएको शेयर बजार परिसूचक नेप्से मङ्गलबार भने बढेको छ । नेप्से मङ्गलबार ५.४० अङ्कले बढेर १६ सय ४३.०४ विन्दुमा पुगेको छ ।

मङ्गलबार बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ । मङ्गलबार १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस