आठ महिनामा धनकुटा उद्योग बाणिज्य संघद्धारा १ सय ४ कार्यक्रम सञ्चालन

Dkt help sang

धनकुटा । कोरोना भाईरस विरुद्ध धनकुटा उद्योग बाणिज्य संघले चैत्र महिनायता १ सय ४ वटा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

कोरोना संक्रमणका कारण गरिएको लकडाउन यताको आठ महिनाको अवधिमा प्रचारात्मक सचेतना अभियानदेखि स्वास्थ्य समाग्रीहरु वितरण राहत वितरण अभियान अन्तर्गत १ सय ४ वटा विभिन्न कार्यक्रमहरु संचालन गरेको उद्योग बाणिज्य संघ धनकुटाले जनाएको छ ।

संघले कोरोना भाईरस विरुद्धको अभियानअनतर्गत प्रचारात्मक सेचना अभियानदेखि स्वास्थ्य समाग्रीहरु वितरण, इमिनिटी पावर बढाउने गुर्जो लगायतका औषधीहरु वितरण अभियान, सामाजिकदुरी कायम गर्न सुरक्षा डिस्टेण्ड चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान, बैक तथा वितिय संस्थाहरुबाट लिएको ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न अभियान, राहत विरण अभियान, घर भाडा मिनाहा अभियान लगायत चैत्रदेखि कार्तिक पहिलो सातासम्म १ सय ४ वटा कार्यक्रमहरु सम्पन्न गरेको अध्यक्ष विजय सन्तोषी राईले बताए ।

लकडाउन लाग्नअघि धनकुटा जिल्लाभरी नै चौक चोकमा धारा सहितको ड्रम तथा बाल्टिन राखेर हात धुने अभियान सञ्चालन गरेको धनकुटा उद्योग बाणिज्य संघले लकडाउन लागेपछि चैत्र महिनाभरी फ्रन्ट लाईनमा खट्ने संचारकर्मी, प्रहरी, ट्राफिक प्रहरी, स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरेको धनकुटा उद्योग बाणिज्य संघको उक्त विज्ञप्तीमा जनाईएको छ ।

धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा अभियानअन्तर्गत अहिलेसम्म ३ सय २६ जना घर धनीहरुले घर भाडा मिनाहा गरेको र धनकुटा नगरपालिका लगायत विभिन्न ७ वटा संघ संस्था तथा कार्यालयहरुले व्यापारिक भवन तथा सटहरुको भाडा मिनाहा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले इमिनिटि पावर बढाउने औषधी वितरण अभियानअन्तर्गत गुर्जो लगायतका विभिन्न किसिमका इमिनिटि पावर बढाउने औषधी ३४ हजार ३ सय ९४ जनालाई वितरण गरेको र राहत समाग्रीहरु १ सय ५७ जनालाई वितरण गरेको छ । संघले कर शिक्षा अभियानअन्तर्गत घुम्ती कर शिक्षा र घर दैलो कर शिक्षा कार्यक्रम संचालन गरेको छ ।

होटल व्यवसाय, विद्यालय संचालन, व्यूटी पार्लर तथा हेयर कटिङ व्यावसाय संचालन गर्न सम्वन्धित पक्ष र स्थानीय सरकारसँग समन्वय गरी सुरक्षित सामग्रीहरु प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...