प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

Youdhog banije khotang

खोटाङ- उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोग गरेको छ ।
वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदान गरेको हो ।

वर्षाका कारण घरमा क्षति पुगेका व्यवसायी जागिरमान विश्वकर्मा र सुधीर शाक्यलाई रु २५÷२५ हजार र बोलेरो दुर्घटनामा सामान गुमाएर क्षति व्यहोरेका गयकुमार बजिमयलाई रु १० हजार सहयोग प्रदान गरिएको सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पीडित व्यवसायीलाई सङ्घले राहतवापत चेक हस्तान्तरण गरेको छ ।

वाणिज्य सङ्घको तर्फबाट यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक विपत्ति तथा दुर्घटनाको मारमा परेका व्यवसायीलाई रु एक लाख ५५ हजार राहत प्रदान गरेको सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिनुभयो । यसअघि बोलेरो दुर्घटना हुँदा क्षति पुगेका व्यवसायी फुर्वा शेर्पालाई रु १० हजार, आगलागीपीडित गोविन्द कटवाललाई रु २० हजार र रोशन सैँजूलाई रु २५ हजार तथा ट्रक दुर्घटना व्यहोरेका हिराकाजी खत्रीलाई रु ४० हजार राहत प्रदान गरिएको जनाइएको छ ।

वाणिज्य सङ्घले स्थापना गरेको राहत कोषमा सङ्घका पदाधिकारीले वार्षिकरूपमा जनही रु ५०० जम्मा गर्ने र पीडित व्यवसायीलाई प्रदान गर्ने व्यवस्था छ ।

बीउबिजन बैंक स्थापनाको तयारी

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बीउबिजन बैंक सञ्चालन गर्नका लागि तयारी थालेको छ । किसानले चाहेको समयमा अन्न, तरकारी तथा फलफूलको बीउबिजन उपलब्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी संस्थामार्फत बीउबिजन बैंक सञ्चालन गर्ने भएको हो ।

किसानलाई आवश्यक पर्ने बीउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बीउबिजन बैंक सञ्चालन गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । “यसअघि अन्यत्रबाट ल्याइएका कतिपय बीउ नउम्रने, उम्रे पनि फल नदिने, नसप्रनेजस्ता समस्या देखियो”, उहाँले भन्नुभयो, “आगामी दिनमा आफ्नै ठाउँमा उत्पादन भएका बीउलाई सङ्कलन र भण्डार गर्ने तथा किसानलाई बिक्री गर्ने व्यवस्था गर्न लागिएको हो ।”

स्थाना गरिने बीउबिजन बैंकमा मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफूललगायत बीउ राखिने छ । बीउबिजन बैंक स्थापनाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ । गाउँपालिकाभित्र बीउबिजन बैंक सञ्चालन गर्दा बीउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिकाका अध्यक्ष राईको दाबी छ ।

कृषि सहकारीमार्फत चालू आर्थिक वर्षदेखि नै किसानलाई बीउ उपलब्ध गराउने गरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । बीउबिजन बैंक सञ्चालन गर्न गाउँपालिकाले चार कृषि सहकारीसँग परामर्शसमेत गरेको छ । रातमाटा कृषि सहकारी संस्था, तृतीयाभञ्ज्याङ कृषि सहकारी संस्था, दुर्गा कृषि सहकारी संस्था र चुइचुम्मा कृषि सहकारी संस्थाका पदाधिकारीसँग भएको छलफलमा यही कात्तिक २० गतेसम्ममा बीउबिजन बैंक सञ्चालन गर्ने निर्णय भएको छ । गाउँपालिकास्तरीय कृषि सहकारी सङ्घ बनाएर सोहीमार्फत बीउबिजन बैंक सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ ।

बीउबिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा समेत टेवा पुग्ने दाबी गरिएको छ । कृषि सहकारीले बीउ बैंकमार्फत किसानलाई हाइब्रिड बीउसमेत उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको छ ।

बाहिरी जिल्लाबाट खरिद गरेर ल्याएको बीउबिजन प्रयोग गर्दै आएका कृषक गाउँपालिकाकै सहयोगमा गाउँमै बैंकमार्फत आवश्यकताअनुसार सुपत मूल्यमा बीउबिजन पाउने भएपछि हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहमा भने यससम्बन्धी कुनै तयारी नभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...