सनराइज बैंकले गर्यो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्न सकिने व्यवस्था

Nea missed call

काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरु सँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सनराइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् ।

विद्यमान महामारीको समयमा घरैमा बसी बसी यसरी विभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकवर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...