राष्ट्र बैंकले यस बर्ष दशैँमा नयाँ नोट सटही नगर्ने

New note 768x449

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैमा नयाँ नोट सटही नगर्ने भएको छ। कोभिड—१९ को महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएकाले आम नागरिकको स्वास्थ्य र संवेदनशीलतालाई ध्यानमा यस वर्ष बडा दशैको प्रयोजनका लागि नयाँ नोट सटही नहुने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैको मुखमा सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्दै आएको थियो । सर्वसाधारणहरुले राष्ट्र बैंक र बैंकहरुका शाखाबाट प्रत्येक वर्ष ४० करोड हाराहारीमा नयाँ नोट सटही गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...