दसैंलाई बसको टिकट बुकिङ अर्को सातामात्र

Bus

काठमाडौँ । प्रत्येक वर्ष असोज १ गतेबाटै दसैंका लागि सार्वजनिक बसको टिकट बुकिङ हुने गरे पनि यस वर्ष कोरोना महामारी तथा दसैंसमेत केही ढिला भएका कारण असोज चौथो सातामात्र बुकिङ खुल्ने भएको छ । दसैंका लागि टिकट बुकिङ खुलाउने विषयमा सरोकारवाला पक्षबीच अझै मत मिल्न सकेको छैन भने छलफलले निकास पाए आउँदो सातादेखि बुकिङ खुल्ने सम्भावना छ ।

यातायात विभागले काठमाडौंबाट दसैं मनाउन घर जाने यात्रुको सहजीकरणको लागि अग्रिम टिकट बुकिङ अर्का साताबाट खोल्ने तयारीमा रहेको विभागका सूचना अधिकारी लोकनाथ भुसाल बताउँछन् ।

कोभिड–१९ का कारण यस वर्ष धेरै यात्रुले सर्वजनिक यातायातबाट यात्रा नगर्ने भएकाले करिब ६ लाख यात्रुको व्यवस्थापन गर्ने गरी विभागले तयारी गरेको छ । गत वर्ष २० लाखसम्म उपत्यकाबाट दसैंका लागि बाहिरिने अनुमान हुने गरेकोमा यो वर्ष ६ लाखमात्र यात्रु सार्वजनिक यातायात प्रयोग गरी बाहिरिने विभागको आकलन छ । घटस्थापनाको एक हप्ता अगाडिबाट टिकट बुकिङ खोल्ने गरि विभागले तयारी गरिरहेको भुसालले बताए ।

यसोे हुँदा यात्रुले पनि सहज रुपमा टिकट पाउने र विचौलियाको पनि अन्त्य हुने विभागको भनाइ छ । विभागले योजनाबद्ध रुपमा यातायात व्यावसायी, ट्राफिक महाशाखासँगको समन्वयमा आन्तरिक तयारी गरेको विभागले जनाएको छ ।

विगागले शुक्रबार यातायात व्यावसायी महासंघसँग छलफल गरेको थियो । यता, नेपाल यातायात राष्ट्रिय व्यावसायी महासंघसँग आइतबार भनेको छलफल २३ गतेको लागि सरेको छ । २२ गते महासंघ अन्तर्गतका संघ संस्थाहरूसँगको राय सुझाव लिएर अग्रिम टिकट खुला गर्ने निर्णय लिइने भनिएको छ । सोहीअनुसार अर्का साताबाट अग्रिम टिकट खुल्ला गर्न योजना रहेको विभागको भनाइ छ ।

केही दिनको आन्तरिक तयारी गरेर महासंघले विभागलाई अग्रिम टिकट बुकिङको जानकारी गराउने जनाएको सूचना अधिकारी भुसालको भनाइ छ । छोटो र मध्यम दूरीमा जाने यातायतमा समस्या नरहेको तर लामो दूरीको सार्वजनिक यातायात व्यस्थापनमा समस्या रहेकाले विभागले छलफल गरेर अर्को हप्ताबाट अग्रिम बुकिङ खुल्ला गर्ने गरी टुंगोमा पुग्ने भुसालले बताए ।


नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले २२ गते देशभरका आफू मातहतका व्यावसायीहरू सँगको छलफल राय सुझाव लिएर मात्र २३ गते विभागसँग छलफल गर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए । उनले भने, “आन्तरिक तयारी पूरा गरेर निर्णय लिइने छ । छलफलबाट आएको निष्कर्षको आधारमा सरकारसँग समन्यय गर्ने योजना बनाएका छौं ।

” विगतमा पनि १ हप्ता अगाडि नै अग्रिम टिकट खुला भएको हो कोभिड–१९को महामारीमा यात्रुको चाप कम हुने अनुमान छ । सिट क्षमता अनुसारनै यात्रु राख्न सरकारले दिएको खण्डमा यात्रु र व्यवसायीलाई नै सहज हुनेछ । यसले गर्दा पुरानै भाडा दरमा यात्रुले यात्रा गर्न पाउने छन् अर्कोतर्फ व्यवसायीलाई पनि सञ्चालन लागत कम पर्ने छ ।

पुरानो भाडामा पूर्ण सिट क्षमतामा सार्वजनिक यातायात सञ्चालनमा आउनु पर्छ भन्दै भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमा महासंघले ७ गते ज्ञापनपत्र बुझाएको थियो । सरकारले कोभिड–१९को रोकथामको लागि गत चैत १० देखि सबै प्रकारको सवारीमा रोक लगाएको थियो भने लामो दूरीको सवारी असोज १ देखि खुला गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...