सुनकोे मूल्य प्रतितोला ५०० ले बढ्यो

09 090809

काठमाडौँ । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...