सुनको मूल्य घट्यो, हेर्नुस् कति छ आज ?

09 090809

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। आजसुनको मूल्य एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ।

यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो एक साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। यस साता सुन प्रतितोला ९७ हजारकै आसपासमा रहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ९१० बराबरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि यस दिन घटेर प्रति अउन्स २४ डलर भन्दा बढिमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...