यातायात कार्यालयले बिहीबारदेखि सेवा दिने, मालपोत कार्यालयले आइतबारदेखि

Yatayat2019 07 23 07 52 46

काठमाडौँ । उपत्यकाका यातायात कार्यालयहरूले बिहीबारदेखि निश्चित सेवा सुचारु गर्ने भएका छन् । लाइसेन्स नवीकरण, प्रमाणीकरण, प्रतिलिपि र ट्रायल पास भएकाको हकमा रसिद काट्ने काम बिहीबारदेखि सुचारु हुने सानोभऱ्याङस्थित यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए ।

चाबहिल, जगाती र एकान्तकुना कार्यालयले पनि यी सेवा दिने भएका छन् । लाइसेन्स वितरण भने तत्काल सुचारु नहुने भएको छ । होम डेलिभरी प्रणालीमार्फत लाइसेन्स वितरणको लागि कानुन संशोधनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

भदौ मसान्तसम्म लाइसेन्स नवीकरणमा जरिवाना नलाग्ने निर्णय सरकारले गरेकाले बिहीबारदेखि नै सेवा सुचारु गर्न लागिएको सानोभऱ्याङ कार्यालयका सूचना अधिकारी साहले बताए । नयाँ सवारी दर्ता, नामसारी ब्लुबुक नवीकरणको सेवा कहिलेदेखि सुरु गर्ने तय भएको छैन ।

उपत्यकाका मालपोत कार्यालयहरूले भने आइतबारदेखि सेवा सुचारु गर्ने तयारी गरेका छन् । सबै मालपोत कार्यालय खुला नै रहेको, तर सेवा भने आइतबारदेखि सुचारुको तयारी भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

उपत्यकामा संक्रमण बढेपछि एक महिनाअघि मालपोत कार्यालयले सेवा बन्द गरेको थियो । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो गर्ने भएपछि सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...