आजदेखि २५ गतेसम्म बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

Nepal rastra bank e1592357390789

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्नका लागि तीन दिनसम्म सबै बैंकका शाखाहरु खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा खुला गर्नु पर्ने निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने शाखाका काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर यस्तो निर्देशन दिएको हो ।

अहिले निषेधाज्ञाले गर्दा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...