कर तिर्ने म्याद बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना थप्न चेम्बरको माग

8764546

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न् माग गरेको छ । काठमाडौँ उपत्यकासहित अधिकांश जिल्लाहरु पूणरुपले बन्द रहेकाले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।

अहिले राजश्व दाखिला गर्न सक्ने अवस्थामा उद्योगी–व्यवसायी नरहेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । पहिलेको लकडाउनभन्दा अहिले कडा निषेधाज्ञा गरिएका कारण कर सम्बन्धी सबै कागजात तयार पार्न पनि समय लाग्ने भएकाले समय थपिदिनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

निषेधाज्ञाका कारण खतापाताहरु कारोबार स्थलमै रहेको र अहिले कारोबार स्थलमा जान पनि नसकिने अवस्था रहेको कारण कर तिर्न नसकिने अध्यक्ष श्रेष्ठले बताए । सरकारलाई राजश्व तिर्न निजी क्षेत्र सधैं तयार रहेको भन्दै उनले महामारीका बेला व्यवहारिक कठिनाइ भएका कारण समय थप गर्नु पर्ने बताए ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...