लकडाउनको नाममा यसैगरी बन्द भए व्यवसायीहरु पलायन हुन्छन् : चेम्बर अध्यक्ष श्रेष्ठ

546546

 


काठमाडौँ । लकडाउनका नाममा धेरै दिन बन्द जारी राख्ने हो भने अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने  नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले  बताए ।
लकठाउन नै समस्याको समाधान नभएको बताउँदै त्यसले यसको विकल्प सोच्नु पर्ने बताए । उनले भने, ‘‘सरकार त निषेधाज्ञा र लकडाउन नै समस्याको समाधान हो भने जस्तो गरी लागेको छ । हामीले ४–५ महीनाको लकडाउन हेर्यौं नि त खै त त्यसले कोरोना संक्रमण रोकेको ? सरकारले आफुलाई सजिलो मात्र हुनेगरी बन्दाबन्दि यसैगरी जारी राख्ने हो भने उद्योग व्यवसाय चौपट हुन्छन । ’ अध्यक्ष श्रेष्ठले सिमा नाकामा कडाई गर्नु पर्ने,यातायातका साधनहरु जोर विजोर प्रणालीमा चलाउने र पसलहरु पनि फरक फरक दिनफरक फरक खालको पसल खोल्न दिनु पर्ने सुझाव दिए ।

पसल खोल्नै नदिने अवस्था आउँदा व्यवसायिहरुमा नगद प्रवाहमा समस्या देखिएकोले पलायन हुने अवस्था आइरहेको समेत उहाँले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...