सीमामा राजश्व चुहावट नियन्त्रण समितिको बैठक

Baitadi 1

काठमाडौँ । बैतडीमा शनिबार राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।

सीमानाका झुलाघाटमा सम्पन्न बैठकले अवैधरूपमा हुने चोरी निकासी नियन्त्रण गर्ने निर्णय गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप र राजश्व चुहावट नियन्त्रणबारे छलफल भएको छ ।”

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा, सहायक प्रमुख जिल्ला अधिकारी नेगी, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी प्रमुख गणेशबहादुर शाह, महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख सुभाष पौडेललगायतको सहभागिता थियो ।

बैठकमा सीमानाका बन्द रहेका बेला पनि अवैधरूपमा भइरहेको चोरी निकासी नियन्त्रणमा जोड दिइनेबारे छलफल भएको छ । झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापनापश्चात अवैध निकासी नियन्त्रण गर्न सहज भएको बताइएको छ ।  गत चैत ११ गतेदेखि लकडाउन भएकाले सीमानाका पनि बन्द रहेका छन् ।

सीमानाका बन्द रहेका बेला पनि भारतीय सामग्री आयात भइरहेको पाइएको छ । प्रहरी र सशस्त्र प्रहरीले लकडाउनकै बेला पनि अवैध सामग्री बरामद गरिसकेको छ । सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न बैठक फलदायी रहेको बताइएको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...