आकासियो सुनको मुल्य : व्यवसायी पसल कुर्ने, ग्राहक भाउ सोध्दै फर्किने

Gold 9

काठमाडौं । पछिल्लोपटक विश्व बजारमा सुनको मुल्य कल्पना गरेभन्दा कयौं गुणा बढिरहेको छ । ग्राहकले किन्नै नसक्नेगरी सुनको मुल्य बढेपछि व्यवसायी आपतमा परेका छन् । करोडौ लगानी गरेर खोलेका सुनचाँदी पसल यति न बन्द गर्नु, न खोल्नुको अवस्थामा पुगेका छन् व्यवसायीहरु ।

आइतबार नेपाली बजारमा छापावाल सुन तोलाको एक लाख २ हजार ६ सय रुपैयाँले कारोवार भयो । तेजाबी सुनको मुल्य प्रतितोला एक लाख २ हजार एक सय रुपैयाँ थियो । चाँदीको पनि मूल्य वृद्धि भएर एक हजार ४० रुपैयाँ पुगेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ ।

बन्दाबन्दी सकिएपछि सबै पसलहरु खुलेका छन् । ग्राहकको भीड पनि उस्तै छ । हिन्दु नारीहरुको तीज नजिकिँदै व्यवसाय हुनेमा सुन व्यवसायीहरु ढुक्क थिए । तर, काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण बढेसँगै मानिसको चहलपहल कम भइरहेको छ ।

त्यसमा पनि सुनको मुल्य सोच्नै नसकिने गरी आकासिएपछि व्यवसायीको सातै गएको छ । यतिबेला व्यवसायीहरु पसल खोले मात्रै बस्ने गरेका छन् । सुन किन्न आउने ग्राहक नै नभएपछि करोडै लगानी गरेर खोलेको पसल कुर्नु मात्रै हुने गरेको काठमाडौं ज्वेलर्सका सञ्चालक मोहन विश्वकर्मा बताउँछन् ।

कारोबारमा मन्दी आएसँगै काठमाडौँका न्युरोड क्षेत्रका केही व्यवसायी पसल बन्द गर्ने सोचमा पनि पुगेका छन् भने परम्परागत पेसाका रूपमा यो व्यवसायलाई अँगाल्दै आएका भने अझै एक वर्ष धैर्य गरेर बस्नुपर्छ भन्ने मनस्थितिमा रहेको बताइएको छ । काठमाडौंका अधिकांस सुनचाँदी पसल बन्द हुने अवस्थामा पुगेका छन् ।

सुनका गरगहना तयार गर्न र बिक्रेताका रूपमा यो क्षेत्रमा करिब दुई लाखभन्दा बढी श्रमिक आबद्ध छन् । तीमध्ये ७० देखि ८० प्रतिशत श्रमिक विदेशी रहेकाले अहिले आ–आफ्नो घर फर्किएका छन् । बन्दाबन्दी सकिएपछि करिब १० प्रतिशत काममा फर्के पनि उनीहरूले काम पाउन सकेका छैनन् ।

खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुभ्mदै आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ । ग्राहकले मूल्य बढेका आधारमा सुन बिक्री गर्न जाँदा व्यवसायीले करिब पाँच प्रतिशतसम्म रिफाइनरी चार्ज (ज्याला जर्ती) भनेर कट्टी गर्ने आपसी समझदारी गरेका छन् । सामान्य अवस्थामा भने यो दुईदेखि तीन प्रतिशत मात्र रहन्थ्यो ।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालमा सुनचाँदीको व्यवसायमा करिब ६० अर्ब रुपैयाँको लगानी छ । यो व्यवसायमा देशभर करिब २२ हजार व्यवसायी आबद्ध छन् । तीमध्ये काठमाडौँमा दुई चार जना व्यवसायी विदेशी पनि रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...