राष्ट्र बैंकले भन्यो, आलोपालो गरेर बैंक सञ्चालन गर्नु

Nepal rastra bank 25

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम उच्च बनेपछि नेपाल राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर आलोपालो तरिकाले बैंक सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ । ‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ ।

‘प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट संस्था सञ्चालन गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोहीबमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो रुपमा सञ्चालनको व्यवस्था मिलाउने’ सुचनामा भनिएको छ ।

कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।

संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...